sajalsandesh

जसरी पनि निर्वाचन हुने सभापति देउवाको दाबी

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जसरी पनि हुने दाबी गर्नुभएको छ ।

नुवाकोट कांग्रेसले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रतिनिधि सभा पुनःस्थापना भएपनि चुनाव हुने भएकोले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगरेर सुख नपाउने भन्दै सभापति देउवाले चुनावबाट भाग्न नमिल्ने बताउनुभयो ।

सभापति देउवाले कांग्रेसका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीकोविरुद्ध बोल्न सक्ने भएको भन्दै धन्यावाद पनि दिनुभयो ।

उहाँले पुष्पकमल दाहालविरुद्ध पनि बोल्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले केही गरी प्रतिनिधि सभा विघटनकै पक्षमा सर्वाेच्च अदालतबाट फैसला भए ६ महिनाभित्र निर्वाचन हुने पनि बताउनुभयो ।

Facebook Comments
ismt college
dish home