sajalsandesh

सहयोग अपिल गर्दै मृगौला पीडित खगेन्द्र

मोरङको उर्लाबारी नगरपालिका- ९, महाराजस्थानका ४५ बर्षिय खगेन्द्र प्रसाद श्रेष्ठ आर्थिक अभावले अस्पातलमा छट्पटाइरहेका छन्।

दुईवटै मृगौला फेल भएका श्रेष्ठ वि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान अस्पातलमा जीवन मरणको दोसाधमा छन्

आर्थिक अवस्था कम्जोर भएका श्रेष्ठले साहुबाट ऋण लिएर उपचार गराइरहेका थिए । स्वास्थ्य परीक्षणका क्रममा श्रेष्ठको दुबै मृगौला फेल भएको रिपोट आएको थियो।

दुबै मृगौला फेल भए पछी उनको स्वास्थ्यमा समस्या बढ्दै गएको छ। साहुबाट लिएको ऋण उपचार गर्दागर्दै सकिएको उनका बुवा नारायण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

‌चिकित्सकका अनुसार उनको अवस्था चौथो चरणमा पुगेकाले मृगौला फेर्नुको विकल्प छैन। चिकित्सकले दुईवटै मृगौला फेल भएकाले एउटा मृगौल फेर्नुपर्ने बताएका छन्।

अहिलेसम्म उपचारमा लाखभन्दा बढी खर्च भइसकेको छ।उनले आफूलाई बचाइन दिन सबैसँग आग्रह गरेका छन्।

Facebook Comments
ismt college
dish home