आईपीएलकै महंगा खेलाडी बने क्रिस मोरिस

२०७७ फाल्गुन ७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएलको महंगा खेलाडी बनेका छन् । १४ औं संस्करणको आईपीएलका लागि चेन्नईमा अहिले भइरहेको अक्सनमा राजस्थान रोयल्सले मोरिसलाई १६.२५ करोड भारुमा अनुबन्ध गरेको हो ।

यसअघि दिल्लीले सन् २०१५ मा युवराज सिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो । यस्तै विदेशी खेलाडीतर्फ भने अष्ट्रेलियाका प्याट कमिङ्स महँगा थिए । कमिङ्सलाई कोलकताले सन् २०२० मा १५.५० करोडमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार