उर्लाबारी बहुमुखीमा नेविसंघको तालाबन्दी

२०७७ फाल्गुन ६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

उर्लााबारी । नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस सुधारको माग गर्दैं राखेको माग प्रशासनले पुरा नगरेको भन्दै क्याम्पसमा तालाबन्दी गरेको छ ।

ज्ञापन पत्र बुझाएको १० दिन पुरा भैइसक्दा पनि कुनैपनि सुनुवाइ नभएको भन्दै तालाबन्दी गरिएको नेपाल बिद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पसका सभापति सुजित जैसवालले बताए ।

यद्यपि, क्याम्पसमा तालाबन्दी गरिएपनि विद्यार्थीको पठनपाठन र आन्तरिक परिक्षा र प्राध्यापकहरुको दैनिक कार्यमा कुनै बाधा अवरोध नगरिएको सभापति जैसवालले बताए ।
नेबिसंघले कोरोना भाईरसका कारण लकडाउन भएको अवधिमा शैक्षिक कार्यक्रम बन्द भएको अवस्थाको मासिक शैक्षिक शुल्क र क्याम्पस बसको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने, डिजिटल प्रविधिको विद्यार्थी परिचय पत्र र पुस्तकालय परिचयपत्र अविलम्ब वितरण गरिनुपर्ने, क्याम्पसको चमेनागृह तत्काल संचालनमा ल्याउनुपर्ने माग राखेको थियो ।

यस्तै पुस्तकालयमा एक विधार्थी एक सेट पुस्तक उपलब्ध गराउनुपर्ने,खेल खेलौ स्वास्थ्य रहौ भनि विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नुपर्ने, क्यापसको प्रवेशद्वार गेट चाँडो भन्दा चाँडो बनाईनुपर्ने, ईन्टरनेट तथा अनलाईन लाईब्रेरी जोस्टरको व्यवस्था गरिनुपर्ने समेत माग राखिएको छ ।
यसैगरी शैक्षिक सरोकार तथा विद्यार्थीसंग प्रत्यक्ष जोडिने विभिन्न तालिमहरु संचालन गर्नुपर्ने, शुद्द खानेपानीको प्रवन्द्ध तथा वासरुम र शौचालय लाई व्यब्यस्थित गरिनुपर्ने, क्याम्पसको शैक्षिक भवनमा लेखिएको क्यापसको नेमप्लेट पुन रंगरोगन गरि तत्काल निर्माण गरिनुपर्ने समेत माग राखिएको र माग पुरा नभए आन्दोलित हुने जैसवालले चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार