sajalsandesh

रमाईलो कृषि समुहको २२औँ वार्षिक साधारण सभा सम्पन्न

झापा – कमल गाउँपालिका – १ मा रहेको रमाईलो कृषि समुहले २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आनन्देश्वर शिवालय मन्दिरको प्रांगणमा भएको कार्यक्रममा समुहका अध्यक्ष योगराज चौहानको अध्यक्षता तथा वडा सदस्य कोमलप्रसाद दुलालको प्रमुख आथित्य रहेको थियो ।

त्यस्तै विशिष्ट अतिथिमा लोक वेशी सहकारीका नारायण भट्टराई र अतिथिमा नमुना मूल कृषि समूहका प्रतिनिधि रहेका थिए । कार्यक्रममा समूहको वार्षिक प्रतिवेदन अध्यक्ष चौहान र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ऋषि न्यौपानेबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समुहको कुल चुक्ता पुजी ८६ लाख रुपैयाँ रहेको जानकारी दिईएको थियो ।

यस्तै कार्यक्रममा जेष्ठ नागरिक डिल्लीराम चापागाई र हरिमाया दाहाललाई सम्मान गरिएको थियो । त्यस्तै समुहको मासिक भेलामा सबैभन्दा धेरै हाजिरी हुने मेनुका भट्टराईलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा महिलाहरुका लागि म्युजिकल चेयर खेलाईएको थियो । जसमा तारा गौतम प्रथम भएकी थिइन् । कार्यक्रममा समुहले विगत केहि वर्षदेखि सामुहिक खेति समेत गर्दै आएको जानकारी दिइएको थियो । कमल १ र २ का २८ जना सदस्य आवद्ध रहेको यस समुहको स्थापना वि.स २०५५ साल फाल्गुन ५ गते भएको हो ।

Facebook Comments
ismt college
dish home