sajalsandesh

बाबुरामको टिप्पणी – कांग्रेस नालायक हो !

काठमाडौं – समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन कांग्रेसलाई नालायकको टिप्पणी गर्नुभएको छ ।

१७ बुँदामा समेटिएको २५ पृष्ठ लामो प्रतिवेदनमा बाबुरामले विभिन्न राजनीतिक दलबारे पार्टीको धारणासमेत सार्वजनिक गर्दै कांग्रेसलाई नालायकको संज्ञा दिनु भएको हो ।

‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको प्रतिवेदनमा बाबुरामले आफ्नो पार्टी असफल भए मुलुक नै असफल हुने उल्लेख गर्नुभएको छ । उहाले कांग्रेसका बारेमा भन्नुभएको छ, ‘कांग्रेसको शासनकालमा ला उडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टा चार का ण्डहरु भए । तर कहिल्लै विश्वासनीय छानबीन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन ।

आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीकोभारले थिचिएको छ ।’ स्मरण रहोस् भट्टराई प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेसको मतबाट विजयी हुनु भएको थियो ।

ismt college
dish home