आइपिएल अक्सनमा नेपालका ८ खेलाडी

२०७७ माघ २३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिजन २०२१ को आइपिएल क्रिकेटका लागि नेपालका ८ खेलाडी दर्ता भएका छन्।

शनिबारसम्म दर्ताको अन्तिम म्याद रहेकोमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका हुन्।

दर्ता भएका खेलाडीको नाम अहिले सार्वजनिक गरिएको छैन।

आइपिएल २०२१ मा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने नयाँ टिममा आबद्ध हुन सक्ने अनुमान गरिएको छ। सन्दीपलाई दिल्ली क्यापिटल्सले यहि सिजनदेखि रिलिज गरेको थियो।

आइपिएलका लागि नेपालबाट ८ खेलाडीसहित जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्।

जसमा ८१४ जना भारतीय खेलाडी छन् भने २८३ जना विदेशी खेलाडी छन्।

आइपिएलको अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुनेछ।

दर्ता भएका खेलाडी मध्ये २७ जना एसोसिएट देशका छन्।

यसअघि आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ।

जसमा किंग्स-११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ।

आइपिएलका अनुसार आगामी फागुन ६ (फेब्रुअरी १८) मा अक्सन हुनेछ।

अघिल्लो साता आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ।

जसमा किंग्स ११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार