अर्काको जग्गामा नक्कली साहु खडा गरि बेच्ने अधिकृत र नासु पक्राउ

२०७७ माघ ७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ माघ । कीर्ते गरेर जग्गा बेचेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । प्रहरीले मालपोत कार्यालय कलंकीका पूर्वशाखा अधिकृत विनोद दाहाल र सोही कार्यालयका बहालवाला नासु नारायण श्रेष्ठ पक्राउ गरेका हुन् ।

उनीहरुले धनीलाई थाहा नै नदिई जग्गा बेचेको आरोप लागेको छ । उनीहरुले २०७६ सालको पुषमा नक्कली जग्गाधनी खडा बनाएर थानकोटको २० आना जग्गा मीना खड्काको नाममा बेचेको खुलेको छ ।

पछि नक्कली साहुमार्फत आफूले जग्गा किनेको पत्तो पाएपछि खड्काले प्रहरीमा उजुरी गरेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार