उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

२०७७ माघ ३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. तिलक खनाल निर्वाचित भएका छन ।

मञ्चको आज सम्पन्न साधारण सभाले कार्यसमिति पुनर्गठन गर्दै खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
गौरादह २ स्थित निर्माणाधिन लायन्स चिल्ड्रेन पार्कको प्राङ्गणमा भएको मञ्चको प्रथम साधारण सभाबाट उपाध्यक्ष अर्जुनराज लोहनी, सचिवमा गणेशकुमार अधिकारी, कोषाध्यक्ष निर्मला रिमाल र सहसचिव पंकजा नेपाल सहित ११ सदस्य कार्यसमिति चयन भएका हुन ।

सचेत तथा जागरुक उपभोक्ताको प्रवर्द्धनद्वारा नैतिकता सहितको गुणस्तरीय बजार निर्माण गर्ने उद्धेश्यले वि. सं २०७५ मंसिरमा स्थापना भएको संस्था विधिवत रुपमा २०७७ सालमा दर्ता भएको हो ।

उद्योग बाणिज्य संघ गौरादहका पुर्व अध्यक्ष दिलिप भण्डारीको अध्यक्षतामा रहेको तदर्थ समितिले संस्था दर्ता लगायत उपभोक्ता हितकालागी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको थियो ।

आजै नव निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण समेत गरिएको छ ।

सांसद दिपक कार्कीको प्रमुख आतित्यथामा भएको साधारण सभा तथा कार्यसमिति पुनर्गठन कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख गिता भेटवाल , ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख , विभिन्न संघ संस्थाका प्रतिनिधि , मञ्चका तदर्थ समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन मञ्च तदर्थ समितिका सचिव भिमविजय बास्तोलाले गरेका थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय