sajalsandesh

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

एजेन्सी, ३ माघ । बेलायतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ हजार २ सय ८० जनाको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार २९५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३३ लाख १६ हजार पुगेको छ ।

एकै दिनमा मृत्यु भएको यो संख्या महामारी भएयताकै तेस्रो सबैभन्दा बढी हो ।

Facebook Comments
ismt college
dish home