sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

car ads
समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

By Sajal sandesh On१ माघ २०७७, बिहीबार ०५:१६
2 2

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग साझा मोर्चा बनाउन र सहकार्य गर्न प्रस्ताव गरेका छन्। देउवा निवास बुढानीलकण्ठ पुगेर प्रतिनिधि सभा पुनर्स्थापनाका लागि साझा मोर्चा बनाएर अघि बढ्नेदेखि पुनर्स्थापनापछि सत्तासहकार्यसम्मको प्रस्ताव गरेका हुन्।

बुधबार साँझ देउवालाई भेट्न नेपाल र त्यसको केही समयमा प्रचण्ड बुढानीलकण्ठ पुगेको बुझिएको छ। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध सडक आन्दोलनमा सँगै जाने र प्रतिनिधिसभा पुनर्स्थापनापछि कांग्रेसको नेतृत्वमा सरकार बन्दा आफूहरूले सघाउने प्रस्ताव गरेको देउवानिकट स्रोतले बतायो।

300 x 250

स्रोतका अनुसार देउवा र प्रचण्ड–नेपालबीच ४० मिनेट कुराकानी भएको थियो। कुराकानीका क्रममा प्रचण्ड–नेपालले देउवालाई ओलीका आश्वासन र भ्रमबाट मुक्त हुन सुझाएका थिए। ४० मिनेट अवधिको भेटको बढी समय प्रचण्डले कुरा राखेका थिए। त्यस क्रममा अहिलेलाई निर्वाचन हुने सपना नदेख्न र त्यता नलाग्न उनले देउवालाई आग्रह गरेका दिएका थिए। प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘केपी ओलीले निर्वाचन गराउनका लागि प्रतिनिधि सभा विघटन गरेका हुोइनन्। डिजाइन अर्कै छ, त्यो डिजाइनमा तपाईं पनि नफस्नुहोस्। हामीले सहकार्य गरेर चेतिसक्यौं।’

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेकपा औपचारिक रुपमा विभाजन हुने भएकाले शक्तिकेन्द्र कांग्रेस हुने उनीहरुको भनाइ थियो। प्रचण्ड–नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेसकै नेतृत्वमा आगामी चुनावी सरकार बनाउन पनि तयार छौं। तर, अहिले केपी ओलीले गरेको प्रतिगमनविरुद्ध हामीले लड्नु छ। कांग्रेसले पनि असंवैधानिक भनिसकेकाले सहकार्य गर्न समस्या छैन।’

जवाफमा देउवाले प्रचण्डलाई तीन वर्षअघिको स्थिति सम्झाएका थिए। त्यो बेला स्थानीय तहको निर्वाचनमा सहकार्य गरेको तर पछि एकाएक मिलेकाले भर नरहेको दुवै नेताहरूलाई बताएका थिए। उनले प्रचण्डको कुरामा अविश्वास जनाउँदै भने, ‘तपाईंहरुले अहिले जति टाढिए पनि सरकार बनाउने बेला र चुनाव हुँदा मिल्नुहुन्न भन्ने ग्यारेन्टी छैन।’

उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर आफ्नो पार्टीले विरोध गरिसकेको बताए। त्यहीअनुसार आन्दोलनका कार्यक्रम भइरहेको अवगत गराए।

साझा मोर्चा बनाएर सडक संघर्षमा जाने कुरामा पार्टीमा सल्लाह गर्ने आश्वासन प्रचण्ड–नेपाललाई दिएका छन्। प्रचण्ड–नेपालले केही दिनदेखि गरेको प्रयासपछि बुधबार देउवा भेट्नका लागि राजी भएका हुन्।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अर्को पोष्ट

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

समाचार

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.