sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

car ads
पत्रपत्रिका

ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

By Sajal sandesh On२९ पुष २०७७, बुधबार ०२:३८
2 2

काठमाडौँ, २९ पुष । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ ।

यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

300 x 250

उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

निर्वाचन नै प्रभावित हुने खतरा :आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर !

अर्को पोष्ट

ओलीकाे अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेकाे जी-न्यूजले भन्याे: ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
पत्रपत्रिका

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

पत्रपत्रिका

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

पत्रपत्रिका

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

पत्रपत्रिका

निर्वाचन नै प्रभावित हुने खतरा :आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर !

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.