sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • पूर्व राजा ज्ञानेन्द्र शाहको ठहर : देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसक्यो

File Photo
car ads
समाचार

पूर्व राजा ज्ञानेन्द्र शाहको ठहर : देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसक्यो

By Sajal sandesh On२६ पुष २०७७, आईतवार १३:१२
66 66

काठमाडौं, २६ पुष । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताउनु भएको छ ।

उहाँले नेपाली जनताले व्यहोरिरहेको वर्तमान राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ र कति जनहित अनुकुल छ भन्ने प्रश्न गर्दै यस्को बारेमा समीक्षा गर्ने समय आएको उल्लेख गर्नु भएको छ ।

300 x 250

२ सय ९९ औ पृथ्बी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले देशमा परिवर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गरिरहनु परेको उल्लेख गर्नु भएको छ ।

उहाँले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नु पर्ने औचित्य टड्कारो देखिएको उल्लेख गर्दै अहिले देश कसरी बचाउने भन्ने चिन्ता थपिएको बताउनु भएको छ ।

विज्ञप्तीमा पूर्व राजा शाहले दैविक आर्शीवाद, अध्यम्ह साहस, पौरख , कुटनीतिक कौशलतको अद्धितीय क्षमताबाट पृथ्बीनारायण शाहले नेपालको एकीकरण गरेको र नेपालको निर्माणमा हरेक जातिको, भाषाभाषीको र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान रहेको उल्लेख गर्नु भएको छ ।

नेपाली भनेको नेपाली नै हुन कुनै अर्को जलप लगाएर नेपाली नहुने भन्दै पूर्व राजा शाहले राष्ट्रको स्वाभिमान र स्वाधीनता रक्षाका लागि पृथ्बीनारायण शाहको दिव्योपदेशको मनन गर्न अझै आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा

अर्को पोष्ट

दैनिक राशिफल : २०७७ साल पौष २८ गते मंगलबार

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.