sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा

FILE PHOTO
car ads
समाचार

अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा

By Sajal sandesh On२६ पुष २०७७, आईतवार १२:५९
6 6

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज उहाँकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताउनुभयो । कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उहाँले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उहाँको धारणा थियो ।

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उहाँले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने सभापति देउवाले बताउनुभयो । सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उहाँको उच्च कदर गर्ने बताउनुभयो ।

300 x 250

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताउनुभयो । कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उहाँको भनाइ थियो । कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताउनुभयो । उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताउनुभयो ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वसांसद दिव्यमणि राजभण्डारी, कांग्रेस नेता लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र उपाध्यक्ष डा विमला शाक्यले उपाध्यायको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

दैनिक राशिफल : २०७७ साल पौष २७ गते सोमबार

अर्को पोष्ट

पूर्व राजा ज्ञानेन्द्र शाहको ठहर : देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसक्यो

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.