मन्त्रीलाइ बाँडेकाे म्याक बुक खै ?

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आइतबार बेलुकाबाट अन्त्य गर्ने निर्णय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा राखिएका २२ कुर्सीमध्ये १० वटा रित्ता थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक हलमा २२ मन्त्रीमध्ये १२ जना मात्र सहभागी थिए।
मन्त्रीहरू मन्त्रीपरिषद्को बैठकमा गयल हुँदा रित्तो रित्तो देखिएको थियो बैठक हल। बैठकमा गृहमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य मन्त्री ह्दयश त्रिपाठी, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, सञ्चार मन्त्री पार्वत गुरुङ, सहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणि थापा लगायतका सहभागी थिए।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग मन्त्री लेखराज भट्ट, भूमि सुधार मन्त्री शिवमाया तुम्बाहाम्फे, कृषि मन्त्री पद्मकुमारी अर्याल र महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो गयल थिए।
हरायो म्याकबुक
मन्त्रीपरिषद्को बैठकलाई हाइ टेक बनाउने भन्दै सबै मन्रीलाइ म्याकबुक बाँडिएको थियो। तर आइतबारको बैठकमा तीन जना मन्त्रीसँग मात्र ल्यापटप देखिन्थ्यो।
प्रधानमन्त्री केपी ओलीले जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक रूपमै ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिने बताएका थिए ।
आइतबारको बैठकमा भने प्रधानमन्त्री आफै ल्यापटप नबोकी उपस्थित भएका थिए।
