झापाबाट बस चढेर बिराटनगर पुगेका यी युवा गाडी भित्रै मृत भेटिए

२०७७ पुष २६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । झापाबाट विराटनगर आउँदै गरेका एक युवकको बाटोमै मृत्यु भएको छ ।

झापाको केर्खाबाट विराटनगर आउने जनसेवा यातायात प्रालीको मे १ ख ३३३३ नम्बरको बसमा सवार २६ वर्षीय राजकुमार थापाको बस भित्रै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार ति युवक आइतबार बिहान केरखाबाट गाडीमा चढेका थिए ।

विराटनगरका लागि चढेका युवकलाई बसपार्कमा पुगेपछि मृत अवस्थामा भेटिएको उनले बताए ।

थापा मृगौला रोगी हुन् । घरबाट उनी उपचारका लागि भन्दै एक्लै विराटनगर आएका थिए । ‘ नेशनल किड्नी सेन्टरमा हिडेको देखिन्छ,’ डिएसपी राईले भने ‘प्रारम्भिक अनुसन्धानका क्रममा बस भित्रै मृत्यु भएको देखिन्छ ।’

गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएपछि गाडीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार