प्रधानमन्त्री ओलीको कदमविरुद्ध गौरीगन्जमा कांग्रेसको विरोध सभा

२०७७ पुष २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा- वर्तमान सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कांग्रेसले ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन गरेको छ ।

सोहि क्रममा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत गौरीगंजमा पनि कार्यक्रम सम्पन्न भएको छ ।

विराेध कार्यक्रमकाे उद्घाटन विरूवामा पानी हालेर गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै केपी अाेलीकाे सरकारले गरेकाे संसद विघटन असंवैधानिक भएकाे भन्दै प्रमुख अतिथि अनिलकृष्ण प्रसाईले राजालाई फाल्न सक्ने नेपाली कांग्रेस पार्टी भएकाे र हजाराै लाखाैं कार्यकर्तालाई सडकमा उतारेर भएपनि निरकुंशता फाल्ने बताए ।

कार्यक्रमलाई नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाई, झापा क्षेत्र नं. ५ का प्रत्यासी उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, महासमिति सदस्यहरू घनश्याम रिजाल, राेहितकुमार साह, देवीप्रसाद राजवंशी, रामकुमारी पाैडेल, गौरादह नगरसभापति यादवराज सेढाई, क्षेत्रिय सभापति ढुंडीराज भण्डारी, दिपिन्द्र थापालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले केपी अाेली सरकारले चालेकाे प्रतिनिधि सभाकाे विघटन विरूद्वमा बाेलेका थिए । कांग्रस नेताहरुले संविधानले परिकल्पना गरेकाे राजनीति स्थायित्वलाई लत्याएर केपी अाेलीले विश्वासमा लिएर भाेट लिए, जनतालाई झुक्याएर बहुमतकाे सरकार बनाए तर देश र जनतालाई ध्वंस नै गरेर छाडेकाे बताएका थिए ।

कार्यक्रमकाे स्वागत नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताले गरेका थिए भने सञ्चालन क्षेत्रिय सचिव सुर्यभक्त्त सिटाैलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार