sajalsandesh

मोवाइलमा अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी !

एजेन्सी, २५ पुष । भारतका लोकप्रिय अभिनेता अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी परेको छ । कोरोना महामारीको सचेतनाका लागि मोवाइलमा राखिएको ब्याकटोनमा राखिएको आवाज अमताभको राखिएकामा दिक्दार भएको भन्दै एक व्यक्तिले उनिबिरुद्ध उजुरी गरेका हुन् ।

उनले कसैलाइ फोन गर्दा अमिताभको आवाजले दिक्क लागेको भन्दै दिल्लीको एक अदालतमा उजुरी दिएको खुलाएका हुन् । गत मार्च महिना देखि नै नेपालमा जस्तै कसैलाई फोन गर्दा कोरोना महामारीबारे सचेतनाको लागि ब्याकटोन बज्ने गर्दछ ।

यसका सम्बन्धमा अमिताभले माफी मागिसकेको बताइएको छ । यो भन्दा अघि पनि सो आवाज रोक्न धेरै अनुरोधहरु आएको बताइएको थियो ।

Facebook Comments
ismt college
dish home