sajalsandesh

एमिकस क्युरी भनेको के हो ?

सन्तोष बराल

एमिकस क्युरी ल्याटीन भाषाको शब्द हो । जसको नेपाली अर्थ हुन्छ, अदालतको साथी । कुनै खास महत्वपुर्ण मुद्दा वा बिषय बारे बुझनु पर्ने अवस्थामा बिज्ञको माग गर्ने, राय परार्मश लिने बिज्ञको धारणा बुझने कार्यलाई नै एमिकस क्युरी भनिन्छ ।

मुद्दा संग सम्बन्ध नभएका बिज्ञहरुबाट स्वतन्त्र रुपमा आफनो धारणा राख्ने कार्य यस अन्तरर्गत पर्दछ । निर्णय कर्ताको निर्णय बढी बिश्वसनिय, बिज्ञ, प्राबिधिक, ब्यवाहारीक र बढी प्रभावकारी बनाउने उद्देश्यले यस्ता असम्बन्धित पक्ष बाट धारणा लिने र बुझने काम यस अन्तर्गत गरीन्छ ।

नेपालको सन्दर्भमा प्राय गरी मुद्दा बारे बुझन सर्वोच बार र नेपाल बार एसोसिएसनबाट इच्छुक अधिबक्ता भनि लिखित रुपमानै बिज्ञको माग गर्ने प्रचलन छ। हालै को संसद विघटन मुद्दा सन्दर्भमा पनि यस्तो बिज्ञ बहस माग गरिएको छ।

Facebook Comments
ismt college
dish home