कुलमानको आग्रह: ग्यासको लाइनमा नबस्नुहोस, बिजुली मै खाना पकाउनुहोस

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपालको लोडसेडिङ हटिसके पनि धेरै नेपालीहरू विद्युतको अधिकतम उपभोगमा अभ्यस्त छैनन् । बिजुली फारु गरेर चलाउने पहिलेदेखिको बानी अझै छुटेको छैन । तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । १८ घण्टासम्मको विद्युत कटौती भोगेका नेपालीहरूले खाना पकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा बिजुलीलाई मान्न तयार भइसकेका छैनन् । त्यसो त अहिले पनि प्राविधिक कारणले छिटपुट बत्ती जाने क्रम चलिरहेकै छ ।

प्राधिकरणले यसलाई आगामी दिनमा सुधार गर्ने बाचा गरिरहेको छ । उपभोक्ताले ग्यासलाई प्राथमिक ऊर्जाको रूपमा प्रयोग गरेकाले ग्यास र विद्युत् कुन सस्तो भन्ने राम्रो तुलना नै हुन सकेको छैन । ग्यासको तुलनामा विद्युत् ऊर्जा सस्तो हुने सहज आँकलन गर्न सकिन्छ । साथै, नेपालको व्यापार घाटा न्युनिकरणका लागि समेत यसले टेवा मिल्न सक्ने भएकाले ग्यासलाई बढिभन्दा बढि विद्युतले प्रतिस्थापन गर्नु देशहितमा हुन्छ ।

२०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालमा भएको सम्भवतः यो नै पहिलो अध्ययन हुनसक्छ । उक्त अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार, ५ जनाको परिवारले १५ एम्पियरको

विद्युत् महसुल अनुसार खाना बनाउन मट्टितेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो ।त्यस्तै अहिले अत्यधिक प्रयोग भइरहेको एलपी ग्यासमा ५ जनाको परिवारलाई खाना बनाउँदा एक महिनामा १४ सय ७८ रुपैयाँँ खर्च हुन्छ । बिजुलीको जुनसुकै माध्यमबाट ५ जनाको परिवारलाई खाना पकाउँदा ११ सय १४ रुपैयाँ मात्रै खर्च हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार