गाैरादहमा ४५औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवस, नगर सभापतिद्वारा कार्यपत्र प्रस्तुत

२०७७ पुष १६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – नेपाली कांग्रेस गाैरादह नगर समितिद्वारा आयाेजित ४५औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसकाे अवसरमा आज एक दिने विचार गाेष्ठी सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेस झापा जिल्लाका पुर्व सभापति पुर्णानन्द शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे विचार गाेष्ठीमा अधिकांश वत्ताहरूले प्रजातान्त्रिक समाजवाद स्थापना गर्न नेपाली कांग्रेसका नेताहरूले दिएकाे याेगदानका विषयमा चर्चा गरिएकाे थियाे । मेलमिलापकाे माध्यमबाट राष्ट्रिय एकता जाेगाउन नेपाली कांग्रेसले खेलेकाे भुमिकाे प्रशंसा गर्दै वत्ताहरूले महामानव विपी काेईरालाले २०३३ साल पुस १६ गते अाफ्नाे ज्यानलाई दाउमा राखेर देश जाेगाउन राष्ट्रिय मेलमिलापकाे नीति लिएकाे एेतिहासिक एवं साहसिक निर्णय भएकाे बताएका थिए ।

विपी काेईरालाले तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिकाे वश्लेषण गरि राष्ट्रिय मेलमिलापकाे नीतिले भारतले दरबारलाई अाफ्नाे अनुकुल परिचालन गर्न नसकेकाे स्मरण गराउदै उनीहरूले त्यहि नीतिले अाजसम्म हामी सार्वभाैम सम्पन्न मुलुकका नागरिककारूपमा बाच्न पाएकाे बताएका थिए । विपीले लिएकाे राष्ट्रिय मेलमिलापकाे नीति अहिलेकाे समयमा पनि उतिकै सान्दर्भिक भएकाे बताउदै राष्ट्रिय हितका लागि पार्टीकाे नेतृत्व एकअापसमा मिल्नु पर्ने जिकिर गरेका थिए ।

दुई तिहाईकाे अाेली सरकारले संसद विघटन गरि मुलुकमा अस्थिरता ल्याउन खाेजेकाे आराेप लगाउदै उनीहरूले अाेली सरकारकाे असंवैधानिक कदमकाे विरूद्वमा नेपाली कांग्रेस अघि बढेकाे बताए । उनीहरूले संसद पुनर्स्थापन गर्नु वाहेक अरू कुनै विकल्प नरहेकाे बताउँदै अाेली सरकारले देशलाई संकटमा पार्न खाेजेकाे बताएका थिए ।

गाैरादह नगर समितिका सभापति यादवराज सेढाईकाे सभापतित्वमा भएकाे विचार गाेष्ठीमा नगर समितिकाे तर्फबाट कार्यपत्र प्रस्तुत गरिएकाे थियाे । नगर सभापति सेढाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्य फुलवती राजवंशी , प्रदेश ‘ख’ का उम्मेदवार राजन ढुंगाना, महासमिति सदस्य शेर बहादुर भट्टराई, प्रदेश ‘क’ का उम्मेदवार तथा महासमिति सदस्य अनिलकृष्ण प्रसाईं, महासमिति सदस्य तथा गाैरादह नगरपालिका नगरप्रमुख राेहित कुमार साह, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीलगायतले बाेलेका थिए । कार्यक्रममा क्षेत्र नं. ५ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकाे उल्लेख्य उपस्थिति थियाे । साेहि कार्यक्रममा गाैरादह युवा संघका सहसचिव दिपक सुवेदीले युवा संघ त्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई नेपाली कांग्रेस नेता तथा कार्यकर्ताहरूले अविर लगाई पार्टी सदस्यता प्रदान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार