गौरीगञ्जका संजय साह जेल चलान

झापा जिल्ला अदालत भद्रपुरको २०७२ जेठ २८ गतेको फैसला अनुसार लागु औषध मुद्दाका प्रतिवादी शाहलाई २१ दिनको कैद सजाय तोकिएको थियो ।

घटनापछि फरार रहेका सा

२०७७ पुष १६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भद्रपुर – लागु औषध मुद्धाका एक फरार प्रतिवादी जेल चलान भएका छन् । जेल चलान हुनेमा गौरीगञ्ज ५ का २४ वर्षिय संजयकुमार साह रहेका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७२ जेठ २८ गतेको फैसला अनुसार लागु औषध मुद्दाका प्रतिवादी शाहलाई २१ दिनको कैद सजाय तोकिएको थियो ।

घटनापछि फरार रहेका साहलाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको थियो ।

अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार