कांग्रेसले मेलमिलाप दिवस मनाउँदै

२०७७ पुष १६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं–नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। आज ७७ जिल्ला कार्यसमितिले आ-आफ्नो जिल्लामा विभिन्न कार्यक्रम गर्दैछन्। मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ।

आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ। उक्त कार्यक्रमका प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरि छन्।

२०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए। सोही दिनको सम्झनामा कांग्रेसले बर्सेनि कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार