अग्निपिडित परिवारलाई नेपाली काङ्ग्रेस गौरादहद्वारा राहत प्रदान

झापा – गाैरादह नगरपालिका वार्ड नं. ४ बस्ने अग्नीधर धमलालाई राहतस्वरूप नगद र एक थान कम्बल प्रदान गरिएकाे छ।
नेपाली कांग्रेस नगर समिति गाैरादह र वडा समिति ४ गाैरादहले संयुक्तरूपमा अग्नि पिडित धमलालाई नगद ४४ हजार रूपैयाँ र एक थान कम्बल राहतस्वरूप प्रदान गरेकाे हाे ।
■ गौरादहमा आगलागीबाट घर जलेर नष्ट, करिब ८ लाखको क्षति
पुस २ गते उनकाे घरमा आगलागी भएकाे थियाे । अगलागीबाट घर लगायत सबै लत्ताकपडा पुर्णरूपमा जलेर नष्ट भएकाे थियाे ।
गाैरादह नगरपालिकाका नगर प्रमुख तथा क्षेत्रिय सभापति राेहित कुमार साह, नगर सभापति यादवराज सेढाई, उपसभापति कुन्दन गिरी, नेपाल रेडक्रस सोसाइटी उपसाखा गौराहदका अध्यक्ष केदार ताजपुरियालगायतले उत्त राहत रकम र लत्ताकपडा हस्तान्तरण गरेका थिए ।
नगद रकम र लत्ताकपडा पुस ११ गते हस्तान्तरण गरेकाे नेपाली कांग्रेस गाैरादह नगर सभापति यादवराज सेढाईले जानकारी गराएका छन्।
