नेता पौडेल भन्छन ‘भारतले त हेप्योहेप्यो, चीनले पनि हेप्यो’

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा प्रकरणमा दक्षिणी छिमेकीको ‘हेपाइ’का माझ उत्तरी छिमेकीबाट पनि नेपालले हेपिनुपरेको बताएका छन्।

नेता पौडेलले दुई वर्षअघि भारत र चीनले गरेको लिपुलेकसम्बन्धी सम्झौतामा नेपालको स्वार्थ बेवास्ता गर्दै दुईवटै देशले नेपाललाई हेपेको बताए।

उनले भने, “परारका साल भारत र चीनले लिपुलेक सम्झौता गरे। लिपुलेक तीन देशको सिमानामा पर्छ। त्यो बेला चीनले नेपाल पनि चाहिन्छ भनेन। भारतले त हेप्योहेप्यो, चीनले पनि हेप्यो।”

तीन देशबीचको सीमाका कुरा गर्दा नेपाललाई आवश्यक नठान्नुले दुईवटै देशले नेपाललाई हेपेको देखाउने उनको तर्क थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार