चर्काचर्कीको ३ महिनापछि ओलीले गरे माधव नेपालसँग लामो छलफल

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बिच झण्डै तीन महिना पछि संवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरु बिच करिब चार घण्टा छलफल भएको हो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न बिहान ११ बजे बालुवाटार पुगेका थिए । त्यहाँबाट उनी दिउँसो ३ बजे मात्रै बाहिरिएका थिए ।

भेटमा उनीहरुबीच पछिल्लो समय बढेको तिक्तता हटाउने विषयमा छलफल भएको थियो । पार्टीमा देखिएको समस्या समाधान गर्दै एकीकरणका सबै काम सक्नुपर्ने प्रधानमन्त्री ओलीलाई नेपालले बताएको एक नेताले जानकारी दिए ।

नेता नेपालले आफूले व्यक्तिभन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । तीन महिनाअघि बालुवाटारमै भएको छलफलमा ओली र नेपालबीच चर्काचर्कीको अवस्था आएपछि दुई नेताबी संवाद बिहीनताको अवस्था थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार