sajalsandesh

‘भू,त’ बनेर त,र्साउने सात जना प्रहरीको फन्दामा

एजेन्सी – रात परेपछि भू त बनेर सडकमा हिड्ने जो कोहीलाई त र्साउँदै आएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युट्युवमा पैसा कमाउने लोभमा भूतको भिडियो बनाउँदै आएका युवाहरुलाई स्थानीयको उजरीपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई पक्राउ गर्न प्रहरीले सीसीटीभी फुटेजको साहारा लिनु परेको थियो ।

घटना भारतको हो । एक युट्युव च्यानलका व्यक्तिहरु जब राति पर्छ ‘भू त’ बनेर सडकमा निस्किन्थे । उनीहरु सेतो लुगा लगाएर, मा क्स लगाएर बाटोमा हिँ ड्नेहरुलाई त र्साउँथे । भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको हुन्छन् ।

शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुटिङ गरिएको थियो । भिडियोमा देखिए अनुसार २०–२२ वर्षका युवक सेतो लुगा र कालो विग लगाएर निकै डर लाग्दो हाउभाउसहित सडकमा आइरहेको देखिन्छन् । बेंगलुरु नर्थ डिसीपी एस कुमारले भने, ‘युवकले ज बर ज स्ती बटुवालाई रोकिरहेका थिए र उनीहरुलाई तर्साइरहेका थिए । त्यसैले उनीहरुलाई पक्राउ गरिएको हो ।’

ismt college
dish home