प्रदेश नं १ मा २८६ सङ्क्रमित निको भए

२०७७ पुष ८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यसरी निको हुनेमा होम आइसोलेसनबाट २८३ र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङबाट तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ७८१ पुगेको छ ।

प्रदेशमा सोही अवधिमा गरिएको ४७४ को पिसिआर परीक्षणमा १३ महिला र २२ पुरुष गरी ३५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङमा १९, सुनसरीमा पाँच, तेह्रथुम र इलाममा एक/एक र प्रदेश बाहिरका तीन जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ५२४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार २४ को पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार