बाबर आजम र इमाम उल हक टेष्ट टोलिबाट बाहिरिए

२०७७ पुष ६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, पुस ६ गते । पाकिस्तान क्रिकेट टोलिका कप्तान समेत रहनुभएका ब्याट्सम्यान बाबर आजम र इमाम उल हक न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलबाट बाहिरिएका छन् ।

न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट माउन्ट मनगनुईमा डिसेम्बर २६ देखि सुरु हुनेछ ।

आईसीसी विश्व टेष्ट च्याम्पियनशीपमा पाकिस्तानले न्युजिल्याण्ड विरुद्ध दुई खेलको टेष्ट श्रृखंला खेल्नेछ । पाकिस्तान क्रिकेट बोर्डले दुबै टेष्ट खेलका लागि घोषणा गरेको १७ सदस्यीय टोलिमा बाबर आजम र इमाम उल हकलाई पहिलो टेष्टमा समावेश नहुने जनाएको छ । बाबर आजम र इमामको अभ्यासको क्रममा बूढी औंला भाँचेको थियो ।

बाबर आजमले अनुपस्थितिमा मोहम्मद रिजवानले टेष्ट टोलिको नेतृत्व गर्नुहुनेछ । उहाँ पाकिस्तानको ३३ औं टेष्ट कप्तान हुनुहुन्छ ।

२४ वर्षीय इमरान बट्ट टेष्ट टोलिमा पहिलो पटक स्थान बनाउनुभएको छ । पाकिस्तानमा जारी कैद ए आजम ट्रफीमा उहाँले १९१ रन बनाउनुभएको छ । गत् सिजनमा पनि उहाँले सबैभन्दा बढी ९३४ रन बनाउनुभएको थियो ।

टोलिका अन्य सदस्यहरुमा आबिद अलि, अजहर अलि, फहीम अशरफ, फवाद आलम, हरिस सोहैल, इमरान बट्ट, मोहम्मद अब्बास, नसीम शाह, सरफराज अहमद, शदाब खान, शाहीन अफ्रिदी, शान मसूद, सोहैल खान र यासिर शाह छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार