सभामुख नहुँदा अड्किए विधेयक

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नयाँ सभामुख नियुक्त नहुँदा प्रहरीसम्बन्धी दुई विधेयक संसद्मै अड्किएका छन् । प्रहरीको कार्यसञ्चालन र समायोजनसम्बन्धी विधेयक संसद्बाट पारित भए पनि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन नसकिएको हो ।

सदनले पारित गरेको विधेयक सभामुखले प्रमाणित गरेपछि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । संघीय कानुन नबन्दा प्रदेश सरकारहरूले प्रहरी संरचना गठन गर्न सकेका छैनन् ।

प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न तयार बसेका उनीहरू त्यसअघि संघीय विधेयक प्रमाणीकरणको प्रतीक्षामा छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार