ब्राजिली राष्ट्रपतिको अनौठो बयान,‘खोप लगाएपछि मानिस गोही बन्छ’

२०७७ पुष ४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरैको मृत्यु ब्राजिलमा भएको छ । यहाँ ७१ लाखभन्दा धेरै संक्रमित छन् भने १ लाख ८५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । तर, ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारो अझै पनि कोरोनाको खोपप्रति सकारात्मक छैनन् ।

कोरोनाभाइरस नियन्त्रण गर्न नसकेको भन्दै उनको देशव्यापी आलोचना भइरहेको छ । यद्यपी, उनले कोरोना भाइरसलाई लिएर अनौठा तर्कहरु पेश गर्न पनि छाडेका छैनन् । यसअघि उनले कोरोनालाई ‘साधारण रुघाखोकी’ भनेका थिए । अहिले उनले भ्याक्सिनको प्रयोगको विरोधमा अभिव्यक्ती दिएका छन् ।

अमेरिका, क्यानेडा, बेलायतलगायत देशमा स्विकृतिप्राप्त फाइजर–बायोनटेक भ्याक्सिनबारे उनले भनेका छन्,‘यदि कसैले यो भ्याक्सिन लगायो भने ऊ गोही बन्नेछ ।’ यसबाहेक महिलामा भ्याक्सिनका कारण दारी बढ्नसक्ने दाबी पनि उनले गरेका छन् ।

ब्राजिलका मानिसहरुलाई कुनै पनि खोप नलगाउने दाबी समेत उनले गरेका छन् ।

फाइनजरमाथि यस्तो आरोप

राष्ट्रपति बोल्सेनारोका अनुसार फाइजरले आफ्नो सम्झौतामा स्पष्टै भनेको छ कि भ्याक्सिनको दुुष्प्रभावका लागि कुनै पनि तरिकाले ऊ जिम्मेवार हुनेछैन । ‘यदी, यस्तोमा तपाई गोही बन्नुहुन्छ भने यो तपाईको समस्या हो ।’ यद्यपी, ब्राजिलमा यस खोपको परीक्षण भने चलिरहेकै छ । बोल्सेनारोले भनेका छन्, ‘यदी तपाई गायब हुनुुभयो, एउटी महिलाको दाह्री बढ्न थाल्यो र एक पूरुषले महिलाको स्वरमा बोल्न थाल्यो भने पनि औषधी कम्पनीहरुलाई यसमा मतलब हुँदैन ।’

आफैं संक्रमित भएका थिए

बोल्सेनारोले खोप लगाउन अस्विकार गरेपनि कोरोनाको कहरबाट उनी मुक्त छैनन् । गत जुुलाईमा उनी संक्रमित भएका थिए, तीन सातापछि निको भए । आफ्नो शरीरमा कोरोनाको एन्टिबडिज बनिसकेका कारण भ्याक्सिन लगाउन जरुरी नरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार