गौरादहमा आगलागीबाट घर जलेर नष्ट, करिब ८ लाखको क्षति

२०७७ पुष ३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादहमा आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

गौरादह नगरपालिका–४ मजुवा निबासी अग्नि घमलाको घर र गोठ जलेर नष्ट हुदा उक्त क्षती भएको हो ।बिहिबार अपारन्ह ४ बजे ढुङ्गा माटोले बनेको टिनको छाना भएको एक तले घरमा कुडो पकाउने ठाउँबाट अचानक आगो सल्किदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

गौरादह नगरपालिकाको दमकल, प्रहरी टोली र स्थानियबासीको सहयोगमा झण्डै अढाई घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार