‘बुढेसकालको सहारा’ पाए मित्रलालले, ८१ वर्षमा गरे विवाह !

२०७७ मंसिर २७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली समाजमा एउटा भनाई छ, ‘बुढेशकालको सहारा।’ बुढेशकालमा आमाबुवाको सहारा छोराछोरी हुन्छन्।

अनि, श्रीमान्‌को सहारा श्रीमती। श्रीमतीको सहारा श्रीमान्। यही सहारा खोज्ने क्रममा इलामको पिपलबोटेका मित्रलाल भट्टराईले ८१ वर्षको उमेरमा विवाह गरेका छन्।

काठमाडौंको घट्टेकुलोमा बसोबास गर्ने आएका भट्टराईले धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारीसँग विवाह गरेका हुन्।

इलाम जिल्लाकै पहिलो इञ्जिनियर रहनु भएका भट्टराईले इलामको सुम्बेकबाट निरौला थरकी महिलासँग विवाह गरेका थिए।

पारिवारिक स्रोतका अनुसार उनकी श्रीमतीको दुई दशकअघि निधन भएको थियो। श्रीमतीको निधनपछि उनी परिवारसँग बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार