sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • बिग बासमा १५ वर्षका यी क्रिकेटर

car ads
खेलकुदविश्व

बिग बासमा १५ वर्षका यी क्रिकेटर

By Sajal sandesh On२७ मंसिर २०७७, शनिबार ०१:५४
1 1

काठमाडौं- अस्ट्रेलियन बिग बास लिगमा ४१ वर्षका इमरान ताहिरलाई मेलबोर्न रेनेगेड्सले आफ्नो टिममा अनुबन्ध गर्‍यो। प्राय खेलाडी सन्यासपछिको जीवनमा हुने समयमा पनि ताहिरले खेलमा देखाइरहेको मिहिनेतले उनको अनुबन्ध सामान्य नै लाग्यो। त्यहीँ १५ वर्षका नुर अहमद अनुबन्ध हुनुले पनि क्रिकेट जगतमा चर्चा बढेको छ।

क्रिसमसपछिको समयमा मात्र ताहिर टिममा उपलब्ध हुने हुँदा त्यही स्थानमा लिइएका नुरको उमेरकै कारण पनि चर्चा भइरहेको छ। देब्रे हाते स्पिनर नुर अफगानिस्तानका हुन्। जो एकाएक विश्व प्रतिष्ठित लिग क्रिकेटमा देखिँदै छन्।

300 x 250

विश्व क्रिकेटमा बढ्दै गएको अफगानिस्तानको प्रभावमा पछिल्लो समय जोडिएका नुरको प्रभाव खेलअघि नै पर्न थालिसक्यो। उनले रासिद खान र मोहम्मद नाबीको बाटो पछ्याउने अनुमान भइरहेका छन्। ‘म दाइहरुसँग घरमा क्रिकेट खेलिरहेको हुन्थेँ, टिभीमा राष्ट्रिय टिमको खेल पनि हेरिरहेको हुन्थेँ, एक दिन त्यसैगरी खेल्ने आश पनि हुन्थ्यो’ नुरले भनेका छन्।

अमेरिकाले अफगानिस्तानमा हमला गरेको चार वर्षपछि जन्मिएका हुन् नुर। देशभित्रको हिंसाको सम्झना उनमा अलिअलि मात्रै छ।

‘दाइहरुसँग खेल्ने समय सबैभन्दा सानो म नै हुन्थेँ। तर पनि उनीहरुलाई मेरो बलमा खेल्न गाह्रो भइरहेको हुन्थ्यो। त्यसैले एक जना दाइले मलाई एकेडेमीमा गएर सिक्न सुझाव दिएका थिए। हुन पनि अल्लाहले ममा केही त दिएकै हुन्’ उनले भने।

रासिदले जस्तै लेग स्पिनर नुर पनि केही ‘क्विक पेस’मा बल फाल्छन्। त्यसका साथै उनको गुगली बल पनि केही विशेष देखिन्छ। नुरले १४ वर्षको उमेरमा फस्ट क्लास क्रिकेटमा डेब्यू गरेका थिए। गएको वर्ष उनले अफगानिस्तानमा घरेलु टी ट्वान्टी प्रतियोगिता खेलेका थिए।

बिग बासमा टिमहरुको नजर विश्व क्रिकेटमा अघि बढ्न सक्ने युवा खेलाडीहरुमा भइरहेको हुन्छ। त्यसैले घरेलु क्रिकेटमा नाबीसँगै खेल्दा चिनिएका नुरलाई बिग बासमा रेनेगेड्सले अनुबन्ध गरेको हो। ‘रेनेगेड्स नुरको प्रतिभालाई लिएर उत्साहित छ। नाबी पनि सँगै रहने भएकाले उनलाई कुराकानी गर्न र आफ्नो खेल अघि बढाउन सहयोग हुनेछ’ उनका एजेन्ट रिचार्ड सेडेनहामले भने।

‘मैले रासिद खानको खेल हेरेर पनि धेरै कुरा सिकेको छु। एक दिन उनीसँगै राष्ट्रिय टिममा खेल्न पाएँ भने त्यो मेरो लागि निकै ठूलो कुरा हुनेछ। तर क्रिकेटमा रासिद खान एकमात्र छन्, म आफू नुर अहमद भएरै चिनिनँ चाहन्छु’ उनले भने।

नुरले यसअघि १४ वर्षको उमेरमा नै इन्डियन प्रिमियर लिग टिम राजस्थान रोयल्समा पनि ट्रायल दिएका थिए। २०२० को आइपिएलमा उनी कुनै पनि टिममा अनुबन्धित नभए पनि अहिले बिग बास उनको नयाँ यात्राको खुड्किलो बन्ने देखिन्छ। क्यारेबियन प्रिमियर लिगमा सेन्ट लुसिया जोउक्समा अनुबन्ध भएका उनी भिसा प्रक्रिया नसकिँदा जान भने पाएनन्।

दक्षिण अफ्रिकामा भएको २०२० को यु१९ विश्वकपमा पनि नुरले आफ्नो क्षमता देखाएका थिए। ३.९३ को इकोनोमीमा बलिङ गरेका उनले सात विकेट लिएका थिए। अफगानिस्तान यु१९ र भारत यु१९ टिमको पाँच खेलको एकदिवसीय सिरिजमा पनि ४.२८ को इकोनोमी बलिङ गरेका नुरले ९ विकेट लिएका थिए।

‘अहिले बिग बास लिग मेरा लागि धेरै कुरा सिक्ने अवसर हो। अस्ट्रेलियामा राम्रो नै गर्नेछु भन्ने विश्वास छ। त्यसले विश्वका अरु लिगहरुमा पनि बाटो खुल्ने आश छ’ उनले भनेका छन्।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको भुक्तानीसमेत पाएनन् सुरक्षाकर्मीले

अर्को पोष्ट

‘बुढेसकालको सहारा’ पाए मित्रलालले, ८१ वर्षमा गरे विवाह !

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

विश्व

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

विश्व

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

विश्व

जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.