सुनको भाउ स्थिर

२०७७ मंसिर २६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २६ मंसिर । आज शुक्रबार सुन चाँदीको भाउ स्थिर रहेको छ । बुधबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।

तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार