राष्ट्रिय फुटबलरको तलब बढ्यो, महिला र पुरुषले पहिलो पटक समान तलब पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबलको तलब बढाउनुका साथै महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ।
बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार पुर्याउने निर्णय गरेको स्रोतले बताएको छ।
यसअघि पुरुष फुटबलरको तलब लामो समयसम्म बढेको थिएन। पुरुष फुटबलर मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए।
यस्तै महिला खेलाडीले भने मासिक ७ हजार मात्र पाउने गर्थे। जसमा पुरुषको ३ हजार बढाउँदा महिलाको पुरुष सरह बनाउन मासिक ११ हजार बढाइएको छ।
महिला फुटबलरको तलब समान हुनु पर्ने विषयमा आवाज उठ्दै आएको थियो।
विभिन्न देशले महिला खेलाडीको तलब पुरुष सरह बनाएपछि नेपालमा पनि समान तलब हुनु पर्ने विषयमा महिला खेलाडीले आवाज उठाउँदै आएका थिए।
