म्याराडोनाको चिकित्सकमाथि लापरबाहीको आशंकामा छानबिन, घर र क्लिनिकमा प्रहरी

२०७७ मंसिर १५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी, १५ मंसिर । आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको आशंकामा अधिकारीहरूले छानबिन थालेका छन्।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो । त्यसअघि उनको मस्तिष्कको सफल शल्यक्रिया भएको थियो ।

म्याराडोनाका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन् । म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका थिए ।

बिबीसीका अनुसार आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने प्रयास गरेको छ ।

करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए ।

म्याराडोनाका अन्तिम दिनहरूबारे प्रस्टता खोजिरहेका अभियोजनकर्ताहरूले उक्त छापा मार्न निर्देशन दिएका थिए । ती अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार