sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • थप १७ सय ३ जनामा कारोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

car ads
समाचार

थप १७ सय ३ जनामा कारोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

By Sajal sandesh On१२ मंसिर २०७७, शुक्रबार १२:३०
5 5

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

300 x 250

काठमाडौँ उपत्यकामामात्र ८२२ जना संक्रमित थपिएका छन् । यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन् । अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।

यो अवधिमा १२ सय ३६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ ।

संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः मन्त्रालय

अर्को पोष्ट

भतिजको कुटाइबाट काकाको मृत्यु

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.