sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः मन्त्रालय

car ads
समाचार

यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः मन्त्रालय

By Sajal sandesh On१२ मंसिर २०७७, शुक्रबार १२:२३
5 5

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ ।

आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकेकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिनुभएको बताउनुभयो ।

300 x 250

उहाँका अनुसार मन्त्रालयले असोजसम्मको कोभिड सङ्क्रमितको उपचार खर्चसहित जोखिम भत्ता रु ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको छ । मन्त्रालयले कात्तिकको जोखिम भत्ता र सङ्क्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको छ ।

मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो विभिन्न सञ्चारमाध्यमा आएका प्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।

‘कोभिड–१९ अस्पताललाई ‘कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणको उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउने आदेश–२०७७’ बमोजिम कोभिड–१९ सङ्क्रमितको प्रति बिरामी प्रतिदिनका हिसाबले असोज मसान्तसम्मको रकम निकासा भइसकेको छ । उहाँले निर्देशन दिँदै भन्नुभएको छ, “निकासा भएको सोही रकमभित्रै स्वास्थ्यकर्मीको जोखिम भत्तासमेत समावेश गरी पठाइएकाले कोभिड–१९ का क्रममा खटिएर निर्देशिकाअनुसार भुक्तानी नगर्ने नगराउने कोभिड अस्पताल सबैलाई निर्देशिका बमोजिम यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन गरिन्छ ।”

सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई जोखिम भत्ता वितरण गर्ने भएको थियो । कोभिड–१९ को रोकथाम र उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने आदेशमा भनिएको छ ।
–––

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

मेसी भन्छन्– १० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिन

अर्को पोष्ट

थप १७ सय ३ जनामा कारोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.