sajalsandesh

धरानमा कांग्रेसका उम्मेद्वार तिलक राईको भोट माग्ने शैली देखेर कम्युनिष्ट परे चकित !

सुनसरी – मंसिर १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । त्यस्तै धरान उपमहानगरपालिकाको मेयर पदका लागि कांग्रेसबाट उमेदवार बनेका तिलक राई यतिबेला घरदैलोलगायतका कार्यक्रममा व्यस्त छन् । उनले मत माग्नुका साथै धरानेसँग आर्शिवाद समेत लिइरहेका छन् ।

आइतबार राईको मत माग्ने शैली देखेर धरान १५ नम्बर वडाबासी वडो चाख मानेर हेरिरहेका थिए । पिण्डेश्वरी चोक, निरान्जन बस्ति, शिवगंगा बस्ती, आडा लाइन, वगरकोटलगायतका टोलमा कार्यकर्तासहित मत माग्न पुगेका राईले ठूलासँग आशिर्वाद माग्दै मत माग्दा स्थानीय पनि चाख मानेर हेरिरहे ।

नेपालका सुन्दर र सभ्य शहरहरुको गणनामा धरान अग्रपंक्तिमा आउने शहर हो । प्रदेश १ को मात्र नभएर आधुनिक नेपाल र सभ्यताको अभियन्ता शहरको रुपमा धरानलाई लिने गरिन्छ । तर, पछिल्लो समय धरानको साख कम हुँदै गएको कांग्रेस नेताहरु बताउँछन् । त्यसको प्रमुख कारक धरानको नेतृत्व गर्ने अन्य पार्टीका साथीहरु रहेको र त्यसको विकल्पमा अब धराने जनताले कांग्रेसलाई मत दिनुपर्ने उनीहरुको तर्क छ । तत्कालिन नगर प्रमुख तारा सुब्बाको निधन भए पश्चात धरानमा मेयर पद रिक्त रहको थियाे ।

मुलुकको पुरानो एवं प्रजातान्त्रिक पार्टी कांग्रेसले आसन्न उप–निर्वाचनका लागि बेलैमा आफ्नो दलको तर्फबाट उमेदवार सिफारिस गरिसकेको थियाे । इतिहासमै पहिलो पटक अभुतपुर्व एकता कायम गर्दै कांग्रेसले आफ्नो पार्टीको तर्फबाट धरान उप–महानगर समितिका सभापति तिलक राईलाई सर्वसम्मत रुपमा मेयर पदमा उठाउन जिल्ला कार्यसमिति र केन्द्रिय कार्यसमितिलाई सिफारिस गरेको हाे ।

धरानका रैथाने राई मजदुर पृष्ठभुमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन् । दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय राई कांग्रेस, किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष समेत भए । आफ्नो राजनितिक तथा सामाजिक जिम्मेवारी ईमान्दारीताका साथ निर्वाह गर्ने छवि बनाएका राईले गत निर्वाचनमा अत्यन्त छोटो समयमा टिकट पाएर पनि तत्कालिन मेयर तारा सुब्बालाई कडा चुनौती पेश गरेका थिए ।

ismt college
dish home