मिक्लाजुङ गाउँपालिका-६ मा के-के गरे वडाध्यक्ष बृद्धिलाल निरौलाले ?

२०७७ मंसिर ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ – स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुगको छ । यी ३ वर्षमा निर्वाचित भएका जनप्रतिनिधिहरुले के-के काम गरे भन्ने मूल्यांकन गर्ने समय पनि आएको छ । साविक मधुमल्लाका नेकपाका अध्यक्ष समेत रहेका बृद्धिलाल निरौलाले वडाध्यक्षमा निर्वाचित भएपछि आफ्ना वडाहरुमा करोडौंका कामहरु गरेका छन् ।

यसैसन्दर्भमा उनले आफूले गरेका कामहरु पनि सार्वजनिक गरेका छन् । मिक्लाजुङको वडा नम्बर १ साविक रमिते खोला गाविसपछिको ठूलो वडा समेत रहेको यो भौगोलिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

वडाध्यक्ष निरौलाका अनुसार केन्द्र सरकारको लगानीमा खानेपानी आयोजनाका लागि मात्रै ७ करोड ४ लाख रुपैयाँ बराबरको आयोजना सञ्चालन भइरहेको छ । यस्तै प्रदेश सरकारबाट पुल,बाटो तथा कल्भर्ट र अन्य भौतिक निर्माणका लागि ५ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको काम भएको छ ।यस्तै वडाबाट मात्रै चालू आर्थिक वर्षमा १ करोड ६८ लाखको भौतिक विकासका कामहरु भइरहेका छन् ।

कोरोना महामारीका बाबजुत पनि वडाध्यक्ष निरौलाले विकास निर्माणका कामहरुलाई अगाडि बढाइरहेका छन् । बिहानैदेखि जनताको काममा खटिने निरौलाको दैनिकी जनताको पीरमर्का र काम गर्दै ठिक्क हुने गर्छ ।

हाल नुनसरी खोलामा बक्राहा पुलको निर्माण काम सम्पन्न भएको छ । विगतका वर्षहरुमा जस्तै बाढीको बबण्डर अलिक कम हुने अपेक्षा गरिएको छ । यस्तै वडामा कारितास नेपालको ४४ लाख रुपैयाँको कृषि बजेटको काम भइरहेको छ । ८ सय घरधुरी रहेको यो वडामा हरेक किसानलाई ५५ सय रुपैयाँका दरले कृषि सामग्री राहतको रुपमा दिइएको छ ।

वडामा ८ करोड र ६ करोडका विभिन्न दुई वटा पुलको निर्माण कार्य पनि सुरु भएको छ । केही सामान्य पुल तथा कल्भर्टहरु निर्माण सम्पन्न भएका छन् । वडाध्यक्ष निरौलाका अनुसार वडामा ४० करोड ९८ लाख ९० हजार बराबरको योजनाका कामहरु यी ३ वर्षमा सम्पन्न भएका छन् ।

यस्तै वडामै रहेका बेतिनी सीमसार लगायत अन्य दुई वटा सीमसारीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि हालसम्म ६७ लाख रुपैयाँ खर्चिएको उनले बताए । यसबाट पर्यटन पर्वर्द्धनमा पनि टेवा पुग्ने वडाध्यक्ष निरौलाको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार