दमकका भण्डारीले गरे आफनै श्रीमतिको हत्या

२०७७ मंसिर ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमक- झापाको दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतिको हत्या गरेका छन ।

आज साझ कमल ६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन ।

भण्डारीले के कति कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यद्यपी घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन । फरार भएका ति पुरुषका बारेमा थप केही थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार