दुर्घटना भएर ३ गाडीमा क्षति हुदा समेत ट्राफिक प्रहरीले कुनै कारवाही गरेन !

२०७६ कार्तिक २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – मंगलबार विहान साढे ९ बजे काठमाडौंको गौशालामा दुई सवारी साधन ठोक्किदा अन्य तीन सवारी साधनमा समेत क्षति पुगेको छ ।

भाग्यवस मानवीय क्षति नभएपनि यो दुर्घटनाले काठमाडौंमा बढ्दो दुर्घटनाको कहालीलाई भने छर्लङ्ग पारेको छ । आज विहान बा २० च १०१८ कार र बा १८ च ४२१६ नम्बरको कार ठोक्किएका थिए ।

यी दुई कार ठोक्किए पछि एउटा स्कुटर, स्कुल बस र माइक्रो बसमा समेत क्षति पुगेको छ । तर यसलाई ट्राफिक प्रहरीले ‘सामान्य’ भनेर कुनै कारवाही प्रक्रिया समेत अगाडि बढाएन ।

के मानवीय क्षति भएका घटना मात्र ‘ठूलो’ हो र ? ट्राफिक प्रहरीले यसरी नै यस्ता घटनामा नजर अन्दाज गर्दा काठमाडौंको उपत्यकाका सडकमा दुर्घटनाको क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार