दसैंमा कति मासु खाने?

मासु पकाउने कुरामा ध्यान नदिँदा र बढी मात्रामा नुन तेल प्रयोग गर्दा समस्या

२०७७ कार्तिक ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोषणविद् मनसा ठकुराठी दसैंमा एउटा व्यक्तिले बढीमा १ सय ५० ग्राम मासु मात्र खान सुझाउँछिन्।

दैनिक मासु खाने व्यक्तिले ७० देखि ८० ग्राम मासु पचाउन सक्ने भए पनि १ सय ५० ग्राम मासु खान सकिने उनको तर्क छ।

मासु प्रोटिन युक्त खानेकुरा हो। तर शरिरलाई आवश्यक हुने फाइबर मासुमा नपाइने भएकाले मासु सँगै साग, मूला, गाजर खान उनको सुझाव छ।

मासु पकाउने कुरामा ध्यान नदिँदा र बढी मात्रामा नुन तेल प्रयोग गर्दा समस्या हुन सक्ने ठकुराठी बताउँछिन्।

उनी मासु खाउपछि तास खेलेर बस्न भन्दा व्यायम गर्नु उपयुक्त हुने बताउँछिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार