प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी एकाएक राजनीतिमा प्रवेश

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी पति प्रकाशको निधन भएसँगै गुमनामजस्तै भइन् । तर उनी पतिको निधनको दुई वर्षपछि राजनीतिमा लागेकी छन् । एक छोराकी आमासमेत रहेकी सृजना यसअघि खासै चर्चामा नआए पनि अहिले एकाएक राजनीतिमा प्रवेश गर्ने तारतम्य देखाएकी छिन् ।

पोखरामा बस्दै आएकी उनी कास्की २ की नेकपा उम्मेदवार विद्या भट्टराईलाई साथ दिँदै चुनावी प्रचार प्रसारमा खुलेर लागेकी छिन् । प्रचण्ड पनि केही दिन पोखरा नै बसेर स्वर्गीय नेता रविन्द्र अधिकारीकी पत्नि भट्टराईलाई भोट मागेका बेला सृजनाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी बिद्यालाई नै जिताउन रातदिन भोट माग्नमा ब्यस्त छिन् ।

प्रचण्ड परिवारका अधिकांश सदस्य राजनीतिमा ब्यस्त रहेका बेला राजनीतिभन्दा बाहिर रहेकी प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा आउने संकेत गरेकी छन् । प्रचण्डकी कान्छी बुहारी बिना मगर खाने पानी मन्त्री छिन् भने छोरी रेणु भरतपुर महानगरकी मेयर हुन् । परिवारका अधिकांश सदस्य राजनीतिमा लाग्दा सृजना पोखरामा बस्दै आएकी सृजनाले चालेको कदमले कस्तो नतिजा देला केही समयमा नै थाहा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार