sajalsandesh

कहाँ पुग्यो मनमाया हत्या प्रकरणको अनुसन्धान ?

झापा – गत असोज १२ गते गौरादह -१ को जानकिश्वर शिवालय मन्दिर नजिक एक महिलाको विभत्स तबरले हत्या भयो ।

हत्या भएकी महिला थिईन मनमाया भनेर चिनिने ६५ वर्षीय पार्वता भण्डारी ।

सम्बन्धित समाचार :

गौरादहमा दुवै हात बाँधेर हत्या गरेको अवस्थामा महिलाको शव फेला

गौरादह हत्याकाण्ड : मृतकका श्रीमान प्रहरी नियन्त्रणमा

गौरादह हत्याकाण्ड : श्रीमानले नै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

गौरादह हत्याकाण्ड समेत भनेर चिनिएको मनमाया हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमान भिम भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका लागि भन्दै मृतक महिलाका श्रीमान भिम भण्डारीलाई असोज १६ गते पहिलो पटक ७ दिने म्याद थप गरेको थियो । असोज २३ गते दोस्रो पटक र असोज २९ गते पूनः तेस्रो पटक पनि भण्डारीलाई ७ दिने म्याद थप गरिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका श्रीमानलाई अनुसन्धाकालागी थपिएको पछिल्लो म्याद समाप्त भएको छ । तेस्रोपटक थपिएको ७ दिनको म्याद बुधवार सकिएको हो ।

म्याद समाप्त भए लगत्तै चाडपर्वले अदालत बन्द हुदाँ अगाडिको प्रकृया चाडपर्व सकिए पछि मात्र अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

हत्या आरोपमा पक्राउ परेका श्रीमान भिम भण्डारीलाई प्रमाण सहित अदालतमा पेश गर्ने प्रहरीको तयारी रहेको छ ।

श्रीमती हत्या आरोपित भण्डारी अहिले इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखीएको जनाइएको छ ।

सम्बन्धित भिडिओ :

Facebook Comments
ismt college
dish home