sajalsandesh

च्याम्पियन्स लिगमा मेसीको किर्तिमान !

काठमाडौँ, ५ कात्तिक । बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार फुटबलर लियोनेल मेसीले च्याम्पियन्स लिगमा किर्तिमान बनाएका छन् । कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेका हुन् ।

३३ बर्षिय मेसीले गएराती हंगेरीयन क्लब फेरेन्सभारोसविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजन गोल गरेर किर्तिमान बनाएका हुन् । मेसीले यस खेलमा २७औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो ।

मेस्सीले खेलमा २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन लाग्दा अन्सु फातीले बार्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा फिलिपे काउटिन्होले बार्साको तेस्रो गोल थपे । तर, खेलको ६८ औँ मिनेटमा जेरार्ड पिके रातो कार्ड खाँदै बाहिरिए भने इहोर खाकातिनले पेनाल्टीमार्फत गोल गर्दै बार्साको अग्रता कम गर्ने प्रयास गरे । लगत्तै, १७ वर्षीय पेड्री र ओसमान डेम्बेलेले गोल थप्दै बार्साको सहज जीत सुनिश्चित गरे ।

समूहकै अर्को खेलमा युभेन्टसले डाइनामो किएभलाई २–० गोलअन्तरले पराजित गर्यो । युभेन्टसको जीतमा दुवै गोल अल्भारो मोराटाले गरे । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि क्रिस्टियानो रोनाल्डो भने टोलीमा थिएनन् ।

Facebook Comments
ismt college
dish home