गौरादहमा एक पुरुष झुण्डिएको अवस्थमा भेटिए

मृतकको आमा बुवा श्रीमती र दुई छोराछोरी रहेको र उनि बिदेश जाने तरखरमा रहेको तर कोरोना महामारी र लकडाउनका कारण रोकिएको कुरा स्थानियहरुले बताएकाछन् ।

२०७७ कार्तिक ४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा जिल्लाको गौरादह नगरपालिका ६ दामुना बजारस्थित आफ्नै घरमा एक पुरुषलको शव झुण्डिएको अबस्थामा आज फेला परेको छ ।

स्थानिय गोपाल भनिने बर्ष अन्दाजी ३६ का टँक बहादुर गुरुङ आफ्नो घरको छतमा जाने भर्याङ्ग कोठामा झुण्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छ्न ।

मृतकको आमा बुवा श्रीमती र दुई छोराछोरी रहेको र उनि बिदेश जाने तरखरमा रहेको तर कोरोना महामारी र लकडाउनका कारण रोकिएको कुरा स्थानियहरुले बताएकाछन् ।

उनको शवलाई मुचुल्का तयार गरी पोष्टमार्टमका लागि दमक पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार