sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, फाल्गुन १६, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • फ्रेस हाउसको मासु किन्ने बढ्दै

car ads
अर्थसमाचार

फ्रेस हाउसको मासु किन्ने बढ्दै

By Sajal sandesh On४ कार्तिक २०७७, मंगलवार ११:५७
11 11

झापा बिर्तामोड नगरपालिका–१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उहाँको पसलमा ग्राहकको सङ्ख्या बढेको हो ।

बिर्तामोड नगरपालिकाले मासु पसलको गुणस्तर सुधारका लागि अनुदान कार्यक्रम सञ्चालन गरेपछि चम्लागाईं अहिले सडकपेटीको मासु पसलबाट व्यवस्थित फ्रेस हाउसमा सर्नुभएको हो । मासु पसलको गुणस्तर सुधारका लागि नगरपालिकाले रू एक लाख र सहारा नेपालले रू एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि आफूले खोलेको पसलको रूप नै फेरिएको उहाँको भनाइ थियो । “केही समयअगाडिसम्म सडक किनारमा मासु काटेर व्यवसाय गर्दैै आएको थिएँ”, चम्लागाईंले भन्नुभयो, “यो कार्यक्रम बरदान साबित भएको छ, पसल व्यवस्थित भएसँगै ग्राहक पनि बढेका छन् ।”

300 x 250

इन्दिराजस्तै बिर्तामोड–१ स्थित पञ्चकन्या टोलमा सोल्टी फ्रेस हाउस खोल्नुभएकी सञ्जिता लावती पनि खुशी हुनुहुन्छ । उहाँको फ्रेस हाउस धेरै सफा र आकर्षक पनि छ । पसलका सबै सामग्री नयाँ र आधुनिक छन् । पसलको गुणस्तर सुधार हुनुअघि र पछि धेरै फरक आएको उहाँको अनुभव छ । “म आफैँ पसल चलाउँछु”, सञ्जिताले भन्नुभयो, “धेरै मिहिनेत पनि गर्न परेन, सजिलो भएको छ ।”नगरपालिकाले नगर हाताभित्र रहेका मासु पसललाई व्यवस्थित गर्न थालेको हो । नगरक्षेत्रमा स्वच्छ र स्वस्थ्य मासु बिक्री वितरण गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गरेको उपप्रमुख पवित्रा महताराले बताउनुभयो ।

नगरपालिकाले आफ्नो क्षेत्रका मासु पसलेहरूलाई सहयोग पुगोस् भनेर यो कार्यक्रम अगाडि ल्याएको उहाँको भनाइ थियो । “नगरपालिकाले यस कार्यक्रमलाई विशेष ध्यान दिएको छ”, उपप्रमुख महताराले भन्नुभयो, “ हामीले स्वच्छ तथा सफा मासु खानका लागि विशेष जोड दिएका छौँ ।”यस कार्यक्रममा मासु पसलेले फ्रिजमा राखेको मासुमात्र बिक्री गर्नुपर्ने, कुखुरा भुत्ल्याउन डिफ्रिजिङ मसिन प्रयोग गर्नुपर्ने, मासु काट्ने परम्परागत औजार र अचानोको पनि प्रयोग गर्न नहुने व्यवस्था छ । सहारा नेपालका पशु चिकित्सक कमलेश्वर भाटका अनुसार नगरपालिकासँगको साझेदारीमा यो अभियान चालाइएपछि फ्रेस हाउसको गुणस्तरमा धेरै सुधार आएको छ ।

फ्रिजको मासु प्रयोग गर्ने संस्कार बढाउनका लागि यो अभियान शुरु गरिएको उक्त संस्थाका सञ्चालक सदस्य शङ्करप्रसाद रिजालले बताउनुभयो । “यो कार्यक्रमलाई निरन्तरता दिइएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि नगरक्षेत्रका अरू पसल छनोट गरिने र उनीहरूलाई पनि कार्यक्रममा आबद्ध गराइनेछ ।” नगरपालिका र सहाराको संयुक्त साझेदारीमा थालिएको यो कार्यक्रमअन्तर्गत नगर क्षेत्रका २० वटा मासु पसललाई अनुदान दिइएको थियो ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

प्रहरीको हत्या गर्ने ७ जना पक्राउ

अर्को पोष्ट

इस्टुले गर्यो गौरादहका निजि विद्यालय बन्दको घोषणा

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
समाचार

नदीमा डोजर

समाचार

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

समाचार

प्रधानमन्त्री ओली आज झापा आउदै

समाचार

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

Prev Next
dish home

भर्खरको पोष्ट

युभन्टेस बराबरीमा रोकियाे

१६ फाल्गुन २०७७, आईतवार ०२:४१

नदीमा डोजर

१६ फाल्गुन २०७७, आईतवार ०२:११

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन…

१६ फाल्गुन २०७७, आईतवार ०२:०९

श्रीलंकाका जेलमा २६ नेपाली महिला

१६ फाल्गुन २०७७, आईतवार ०२:०८

अब गाउँ र सहर छुट्याइने

१६ फाल्गुन २०७७, आईतवार ०२:०६

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

१६ फाल्गुन २०७७, आईतवार ०२:०४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.