sajalsandesh

इंलिस प्रिमियर लिग : लिभरपुलद्वारा साविक विजेता सिटी पराजित

एजेन्सी – इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले साविक विजेता सिटीलाई हराउँदै उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो ।

गएको सिजनमा सिटीले लिभरपुललाई एक पाेइन्टले पछि पार्दै उपाधि हात पारेकाे थियाे । गत सिजनमा सिटीले ३८ खेलबाट ९८ अंक जाेडेकाे थियो भने लिभरपुलले ९७ अंक बनाएर दोस्रो भएको थियो ।

घरेलु मैदानमा लिभरपुललाई सहज जित दिलाउनकाे लागि फाबिन्हो, मोहमद सलाहा र साडियो मानेले समान एक/एक गोल गरेका थिए । बेर्नाल्डो सिल्भाले सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।

खेले शुरू भएकाे छटाैँ मिनेटमै फाबिन्हो गाेल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो । रोर्वटसनको पासमा सालाहले गाेल गर्दै खेल २ ० गाेल अन्तरले बढाए ।

पहिलाे हाफमा २ गाेले गरकाे लिभरपुलले दाेस्राे हाफमा पनि एक गाेल थप्याे भने सिटीले एक गाेल फर्कायाे ।

५१औं मिनेटमा साडियो मानेले जोर्डन हेन्डरसनको क्रस पासमा पावरफुल हेडर गोल गरेपछि लिभरपुलले खेलमा ३–० को आरामदायी अग्रता लियो । त्यसपछि खेलको ७८औं मिनेटमा सिटीका लागि बर्नान्डो सिल्भाले १ गोल गरे । त्यसपछि बाँकी समयमा थप गोल गर्न नसक्दा खेल लिभरपुलले ३-१ गाेल अन्तरले जित्यो ।

योसँगै १२ खेलबाट ३४ अंक जाेड्दै अपराजित लिभरपुल लिगको शीर्ष स्थानमा छ । उसले १२ खेलमा ११ खेल जित्दा एक खेल बराबरी गरेको छ । हारसँगै सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । प्रिमियर लिगमा सिटीको यो दोस्रो हार हो ।

ismt college
dish home